धुलिखेल होटल व्यवसायीहरु लाई धुलिखेल नगरपालिकाले कर मिनाहा गर्ने

३० बैशाख, काठमाडौं । कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर धुलिखेल नगरपालिकाले मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो वर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो ।

बिहीबार धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीलाई व्यवसाय कर छुट दिने निर्णय गरेकाे हाे ।

उनले होटल तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्त्वपूर्ण योगदान दिएको भन्दै आफूहरूले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताए ।

धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरू संञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरूका लागि धुलिखेल परिचित छ ।

धुलिखेलक्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment