चितुवाको छाला सहित पक्राउ

३० बैशाख, सुर्खेत । गुर्भाकोट नगरपालिका-३ कुरिलेस्थित सडकबाट ७ फिट ६ ईन्च लम्बाई भएको १ थान चितुवाको छालासहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय वीरेन्द्र कुमार खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बोटोचौरबाट जाजरकोटतर्फ जाँदै गरेको भे.४ प ४८८७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

coronacrimecrime number on nepaldigital khabarLockdownnepal police
Comments (0)
Add Comment