कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन परिवारबाटै गर्न पाइने

३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित भई मृत्यु भएकाको शव व्यवस्थापन गर्न परिवारलाई अधिकार दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै २५ जनाभन्दा बढी मलामी नहुने गरी मृतकको परिवारले धर्म परम्परा र संस्कृति अनुसार अन्तेष्टि गर्न पाइने व्यवस्था गरेको हो ।

मन्त्रालय अन्तरगत गठन गरिएको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिर कुमार अधिकारीका अनुसार शव व्यवस्थापन गर्न नपाएको भन्ने गुनासोपछि यस्तो व्यवस्था गरिएको बताउनुभयो ।

हाल नयाँ भेरिएन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ को २१ (छ) अनुसार इच्छुक मृतकका परिवारलाई शवको अन्तेष्टि गर्ने व्यवस्था मिलाइएको अधिकारीले बताउनुभयो । हाल शवको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

शव व्यवस्थापनमा मलामीहरुले जनस्वास्थ्यका मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्ने अनिवार्य गरेको छ । मन्त्रालयले शव व्यवस्थापनको यो आदेशलाई देशैभरका कोभिड– १९ अस्पताल सङ्कट व्यवस्थापन सङ्कलन केन्द्र छाउनीलाई समेत आदेश दिइसकेको जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment