जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द रहने

२९ बैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । मंगलबार प्राधिकरणले आगामी जेठ १७ को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।

एयर बबल सम्झौताअनुसार नेपाल र भारतबीचमा सातामा दुई उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।

यसअघि सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment