रूसको एक विद्यालय भवनमा एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु

२९ बैशाख, एजेन्सी । रसियाको काजनको एउटा विद्यालयमा एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो ।

“पछिल्लो जानकारीका अनुसार काजानको विद्यालय भित्र गोली चल्दा बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनमध्ये दुई बालकको गोली चलेपछि भवनको तेस्रो तलाको झ्यालबाट हामफाली ज्यान जोगाउन खोज्दा मृत्यु भएको हो भने अन्य व्यक्तिको गोली लागी मृत्यु भएको छ,” आपतकालीन सेवा हेर्ने रूसी संस्थाका प्रवक्ताले बताए ।

विद्यालयको परिसरमा भएको आक्रमणबारे छानबिन सुरू भइसकेको र थप जानकारी छानबीनपछि आउने उनले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment