‘बिरामीको पीडाप्रति सरकार दुःखी छ, ‘हामी जटिल अवस्थामा छौँ, केही कुरा सरकारले चाहेर पनि गर्न सक्दैन’

२८ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरस (कोभिड-१९) महामारीको जटिल अवस्थामा पुगेको बताएका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्।

‘विगत एक वर्षदेखि कोभिडको सामना गरेका छौँ’, स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘तर, आज हामी विश्व समुदायसँगै जटिल अवस्थामा पुगेका छौँ।’कोरोनाको नयाँ स्वरुपका कारण अक्सिजनको माग बढेको र त्यो आधारमा पूर्ति हुन नसक्दा बिरामीले पीडा भोग्नु परेको उनको भनाइ छ।

‘कोरोनाको स्वरुपका कारण अक्सिजनको माग बढेकाले अक्सिजन उत्पादन क्षमता र मागको बीचमा अन्तराल आएको छ’, उनले भने, ‘जसले गर्दा बिरामीले अत्यधिक पीडा भोग्नु परेको छ। यसप्रति सरकार दुःखी भएको छ।’

भारतमा जस्तै नेपालमा पनि महामारी उकाले लागेको भन्दै उनले केही कुरा सरकारले चाहेर पनि गर्न सक्ने अवस्था नभएको बताए।

‘भारतमा जस्तै नेपालमा महामारी त्रमश उकालो लाग्दै गएको छ। कतिपय विषयमा चाहेर पनि सरकारले केही गर्न सक्ने अवस्था छैन। तर, सरकारले प्रयास गरिरहेको छ’, उनले भने।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthHealth MinistryHrydesh TripatiKathmanduLockdownMain HeadlinesnepalNewsPolitictechnology
Comments (0)
Add Comment