काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्‍म निषेधाज्ञा लम्बियो

२८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लागू हुने भएको छ। यसअघि लगाइएको निषेधाज्ञा वैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो । त्यसपछि २२ गतेदेखि वैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटकको म्याद भोलि सकिदैछ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। भक्तपुर र ललितपुरभन्दा काठमाडौंमा कोरोना संक्रमित अधिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिले काठमाडौंमा दैनिक ३ हजार बढी संक्रमित थपिएका छन्। देशभर कुल संक्रमितको संख्या चार लाख नाघिसकेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthKathmanduLockdownMain HeadlinesnepalNewsPolitictechnology
Comments (0)
Add Comment