अपि पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२८ बैशाख, काठमाडौं । अपि पावर कम्पनी को हकप्रद सुरक्षित गर्ने आज बैशाख २८ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि बैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले १:०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २९.३८ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अनुमति माग गर्दै फागुन ९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बैशाख १९ मा बोर्डबाट अनुमति पाएको थियो ।

अब कम्पनीले ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले गत कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ ।

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabarnewright shareshare market
Comments (0)
Add Comment