अफगानिस्तानमा तालिबानले गर्‍यो युद्धबिराम

२८ बैशाख,काबुल (एजेन्सी) । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिनको युद्धबिराम घोषणा गरेको छ ।

तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धबिराम गरिएको बताए ।

उनले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारबाहीहरु स्थगित गर्न निर्देशन पनि दिएका छन् ।

यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ । तालिबान प्रवक्ताले युद्धबिरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गरेका छन् ।

तालिबान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिंसात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले युद्धबिरामको घोषणा गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

AfginasthanBombBudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthMain HeadlinesMobilenepalNewsPoliticTalibatechnology
Comments (0)
Add Comment