निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश

२७ बैशाख, काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा थप १५ दिन गर्न सिफारिश गरेको छ ।

हिजोको डीसीसीएमसीको वैठकले १५ दिन थप गर्ने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

जारी निषेधाज्ञा २९ गते राती सम्म भएकोले भोलि वेलुकासम्म निषेधाज्ञा थप गर्ने विषयमा निर्णय लिने उहाँले जानकारी दिनुभयो ।
यसका विषयमा भोलि मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

यही बैठकले निषेधाज्ञाको विषयमा निर्णय लिने बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BICCBudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthLockdownMain HeadlinesnepalNewsPolitictechnology
Comments (0)
Add Comment