दक्षिण अफ्रिकामा पनि भेटियो कोरोनाको इन्डियन भेरिएन्ट

२६ बैशाख, केप टाउन (एजेन्सी) । कोरोनाभाइरसको इन्डियन भेरिएन्ट दक्षिण अफ्रिकासम्म फैलिएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले बताए अनुसार यहाँ भारतमा तिव्र रुपमा फैलिएको नयाँ भेरिएन्टबाट दक्षिण अफ्रिकामा चार जना नयाँ संक्रमित भेटिएका छन् ।

‘बी. १. ६१७. २ का चारवटा केस हामीकहाँ भेटिएका छन् । र ती सबैको इतिहास हालै भारतबाट आएको देखिएको छ,’ स्वास्थ्य मन्त्री जेली खिजले शनिबार एक विज्ञप्तिमा भनेका छन् । गत महिना बेलायतबाट फैलिएको नयाँ भेरिएन्टका केसहरु दक्षिण अफ्रिकामा कायमै रहँदा भारतबाट सुरु भएको भेरिएन्टका बिरामी पनि भेटिएका हुन् ।

कोरोनाको नयाँ भेरिएन्ट सबै भन्दा धेरै फैलिने अफ्रिकी मुलुकमध्ये दक्षिण अफ्रिका पनि एक हो । केन्या, युगान्डा र मोरक्कोसँगै दक्षिण अफ्रिका पनि धेरै संक्रमण फैलिने अफ्रिकी देशमै पर्छ ।

यद्यपि दक्षिण अफ्रिकाले भारतसँगको उडानमा प्रतिबन्ध लगाएको छैन । हालसम्म दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या १५ लाख भन्दा धेरै छ । तीमध्ये ५४ हजार ७ सयको मृत्यु भइसकेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

BICCBudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthInmdiaMain HeadlinesMichel JordannepalNewsPoliticSouth Africatechnology
Comments (0)
Add Comment