आफू १० दिन मन्त्री बन्ने भनेको तर एक दिन बढी भएँ – दीपक मनाङे

२७ बैशाख, पोखरा । पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पदबाट राजीनामासँगै गत वैशाख १६ गते सपथ खाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको पनि पद गएको छ । उनी ११ दिन मन्त्री बने । तर, मुख्यमन्त्रीको राजीनामाबारे उनले अनभिज्ञता प्रकट गरे ।

राजनीतिक खिचातानीका बीच वैशाख १६ गते उनले सपथ ग्रहण बनेपछि यो सरकार १० दिन पनि नरहन सक्ने टिप्पणी उनले गरेका थिए ।

ठट्यौलो शैलीमा उनले आफू १० दिन मन्त्री बन्ने भनेको तर एक दिन बढी मन्त्री बनेको बताए । “मैले १० दिन भन्थेँ, ११ दिन भयो । अब जो मान्छे आउँछ उसैले गर्छ नि,” उनले भने ।

मुख्यमन्त्रीले राजीनामा दिएको बारेमा चाहिँ आफूले थाहा नपाएको उनले बताए । मुख्यमन्त्रीले राजीनामा दिनुभयो नि भन्दा उनले, “हो र ?” भन्ने प्रतिप्रश्न गरे ।

दिनभरि फोन आएको तर आफू रेष्टमा रहेकोले कसैको फोन नउठाएको उनले बताए । फिल्म हेरेर दिन कटाएको उनको भनाई छ ।

“म घरमै छु, मुभी हेरेर बसेको छु । धेरैले फोन गरेका रहेछन्, मैले फोन पनि उठाइनँ । डाक्टरले रेष्ट गर्न भनेका छन् । मैले फोन पनि उठाएको छैन,” उनले भने ।

यो पनि पढ्नुहोस् : 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19Deepak Manangedigital khabardigitalkhabar.com. LockdownGandakihealthMain HeadlinesnepalNewsParbat GurungPolitictechnology
Comments (0)
Add Comment