प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै, यस्ताे छ संसदकाे कार्यसूची

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार संसदबाट विश्वासको मत लिँदै छन्। तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि ओली विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभा बैठक साेमबार दिउँसाे १ बजे बस्दै छ ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ। आइतबार सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए । संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । साेमबार नै दोस्रो बैठक बस्ने र दोस्रो बैठकमा अविश्वास प्रस्तावमाथि मतदान हुनेछ ।

त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ ।

एमालेकाे माधव–झलनाथ समूहले ओली पक्षमा मतदान नगर्ने संकेत गरिसकेका छन् । उनीहरूले साेमबार ९ बजेसम्म ओलीको निर्णय पर्खने र त्यसपछि सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् जनता समाजवादी पार्टीले पनि मत नदिने संकेत गरिसकेको छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एमालेको १ सय २१ सिट छ ।

यो पनि पढ्नुहोस् : 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthKp OliMain HeadlinesnepalNewsPMPoliticSamsadtechnology
Comments (0)
Add Comment