फ्रान्स द्धारा खोपको ब्यवस्थित वितरणका लागि आग्रह

२७ बैशाख, बेइजिङ (सिन्ह्वा) । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरस खोपको निर्यात नभएकोमा अमेरिकालगायत खोप निर्माण गरेका कतिपय यूरोपेली मुलुकलाई खोपको ब्यवस्थित वितरणका लागि आग्रह गरेका छन् ।

उनले कुनै देशको नाम उल्लेख नगरिकनै भने, “कतिपय मुलुकमा उत्पादित खोप शतप्रतिशत आफ्नै बजारमा आपूर्ति भएको छ । जुन दुखद् कुरा हो ।”

पोर्चुगलको पोर्टोमा युरोपेली संघ सामाजिक शिखर सम्मेलनमा बोल्दै म्याक्रोले भने, “खोप र कच्चा सामानको निर्यातमा खोपको यथोचित वितरण गर्नु जरुरी कार्यको तर कतिपय मुलुकले यसो नगरेको तर बहसलाई अन्यथा मोड्न खोजेको पाइएको छ ।”

अङ्ग्रेजी पत्रिका ‘फाइनान्सियल टाइम्स’ले म्याक्रोनको टिप्पणीहरू विशेष गरी अमेरिका निर्देशित भएको बताएको छ भने अर्को पत्रिका ‘गार्जियन’ ले भने म्याक्रोले बेलायती र अमेरिकी सरकारलाई अन्य देशहरूमा खोप निर्यात गर्न आग्रह गरेको समाचारमा उल्लेख गरेका छन् ।

यसैबीच यसवर्ष मार्चसम्ममा चीनले विश्वलाई १० करोड ९० लाख खोप निर्यात गरेको छ जुन चीनमा कुल उत्पादनको ४८ प्रतिशत हो ।

यो पनि पढ्नुहोस् : 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessChina Digital KhabarCoronavirusCovid-19digitalkhabar.com. LockdownFrancehealthInternationalMain HeadlinesnepalNewsPolitictechnologyVaccine
Comments (0)
Add Comment