साताको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ४९ अंकले घटयो

२६ बैशाख, काठमाडौं ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८ दशमलव ४९ अंकले घटेको छ । यो दिन बजार शून्य दशमलव ७० प्रतिशत घटेर २ हजार ६१८ विन्दुमा झरेको हो ।

यस दिन रू. ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबार रकममा यस दिन एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । एनसीसी बैंकको रू. २८ करोड ८६ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको हो ।

दोहोरो अंकले घटेको बजारमा समता घरेलु लघुवित्त वित्तीय संस्था र रूरू जलविद्युत परियोजनाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ भने महिला लघुवित्त सहित चार कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ ।

यो दिन समता घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७३ ले बढेर अन्तिम मूल्य रू. ८०४ र रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५४८ कायम भएको छ ।

३० कारोबार दिनसम्म निरन्तर मूल्य बढेको महिला लघुवित्तको आइतवार भने १० प्रतिशतले मूल्य घटेको छ ।

गत बिहीवार प्रतिकित्ता रू. ५ हजार ३० अन्तिम मूल्य कायम भएको महिला लघुवित्तको आइतवार प्रतिकित्ता रू. ४ हजार ५२७ मा झरेको हो । यो सँगै विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत , सिंगटी हाइड्रोपावरको ९ दशमलव ५६ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव २४ प्रतिशत घटेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

businesscorona viruscoviddigital khabariopshare marketshare secondary
Comments (0)
Add Comment