सुन तोलामा १ सय रुपैयाँले बृद्धी

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको भाउ पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

corona in nepalcoronoacoviddigital khabarGoldgold marketincrease gold price
Comments (0)
Add Comment