फुटको संघारमा एमाले, नेपाल समूहका सांसदद्वारा राजीनामा पत्रमा हस्ताक्षर

२६ बैशाख, काठमाडौं । लामो मन्थनपछि अन्ततः नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । पटक–पटक छलफलमा बसेपछि अध्यक्ष केपी शर्मा ओलीको अगाडि माधव नेपाल समूह नझुक्ने निष्कर्षमा पुगेको छ ।

सरकार अल्पमतमा परेपछि विश्वासको मत लिएर सत्ता जोगाउने प्रयासमा रहेका ओलीलाई एमालेकै माधव नेपाल समूहले साथ नदिने भएको छ ।

शनिबार अबरे रातिसम्म बसेको माधव नेपाल–झलनाथ समूहका सांसदले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

उक्त समूहको बैठकले पार्टी अध्यक्ष ताथा प्रधानमन्त्री ओलीले पार्टीलाई एकलौटी गर्न खोजेको र जति प्रयास गर्दा पनि आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा नदखेपछि राजीनामा दिने निर्णयमा पुगेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार शनिबार राति नै उनीहरुले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । ओलीले सत्ता टिकाउन लागि २७ गते संसद्को विशेष अधिवेशन बोलाएका छन् ।

विश्वासको मतका लागि सबै दलसँग अनुरोध गरे पनि प्रमुख प्रतिपक्षी कांग्रेस र यसअघिको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

यसअघि सांसद पद नै खारेज गर्नै चेतावनी दिएका ओलीलाई नेपाल–खनाल समूहले आफैं राजीनामा दिने निर्णय गरेपछि ठूलो झट्का लागेको छ ।

खनाल नेपाल समूहका २० सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । २० जना सांसदको राजीनामाले ओली सरकार बच्न सक्ने सम्भावना न्यून गराएको छ ।

उनीहरुको राजीनामापछि ओलीविरुद्ध रहेका दलका लागि नयाँ सरकार गठनको सम्भावना प्रवल बन्नेछ । ओलीलाई सच्याउनका लागि निकै प्रयास गरे पनि उनी आफ्नो अडानबाट कत्ति पनि पछि नहटेको माधव नेपालको भनाइ छ ।

एमालेमा माधव पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । नेपाल–खनाल समूहले उक्त राजीनामा भोलि नै संसद् सचिवालयमा पेश गर्ने तयारी गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthKP Sharma OliMadhav Kumar NepalNasanepalNewsPMPoliticSpace HoteltechnologyUSA
Comments (0)
Add Comment