आठ हजार २८७ थपिए, तीन हजार ३७० कोरोनामुक्त, ५३ को मृत्यु

२५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार २८७ जनामा संक्रमण देखिएको हो। यस्तै, ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयको तथ्याकं अनुसार एकैदिन ५३ संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर ३ हजार ६३२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid PatientCovid-19digital khabardigitalkhabar.com. LockdownhealthNews businessTemple
Comments (0)
Add Comment