अक्सिजनको आपूर्ति तत्काल गर,आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चित गर ;डा. प्रकाशशरण महत

२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समिति संयोजक तथा सह–महामन्त्री डा. प्रकाशशरण महतले सरकारलाई अक्सिजनको आपूर्ति तत्काल गर्न ,आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चित गर्न भाग गरेका छन् ।

आज एक विज्ञप्ति मार्फत उनले कोभिड–१९ का विरामीहरु अस्पताल बेड नपाएर उपचारबाट वञ्चित भएका समाचारहरु काठमाडौं उपत्यका लगायत देशभरिबाट आइरहेका छन् । अर्कोतिर काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको छ । यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सृजना भएको छ । यस्तो समस्या देशका अन्य भागहरुबाट पनि आउन थालेका छन् । काठमाडौं उपत्यकाका कतिपय अस्पतालहरुले अक्सिजनको अभावका कारण अक्सिजन चाहिने कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न नसकिने अवस्था आएको सूचना जारी गर्न थालेको जानकारि दिएका छन् ।

सरकार भने कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील छैन । सरकार संक्रमितहरुको आवश्यकता अनुसार न अस्पतालहरुको थप व्यवस्था गर्न सकिरहेको छ, न अक्सिजनको समुचित आपूर्ति । नेपाली कांग्रेस आवश्यकता अनुसार सरकारसँग देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न माग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न, कृतिम अभाव सृजना गर्नेहरुलाई तत्काल कार्वाही गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ संयोजक तथा सह–महामन्त्री डा. महतले बताए।



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownDolakha Bhimsenhealthnepali congressPrakas Saran Mahat
Comments (0)
Add Comment