प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने कांग्रेसको निर्णय

२१ बैशाख, काठमाडौं । नेपाली काँग्रेसले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको भत्सर्ना गरेको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट बहुमत लिनबाट रोक्ने जनाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने र त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुने बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने बताइसक्नुभएको छ । तर, मंगलबार बसेको कांग्रेसको बैठकले आफ्नो पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने जनाएको छ ।

मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेशको पनि कांग्रेसले भर्त्सना गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment