आजबाट मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्काशन

२१ बैशाख, काठमाडौं ।मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालीका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्वरा गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशतका दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

उक्त आइपीओ छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ५ गते अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।

सर्वसाधारणमा आईपीओ जारी गरे पश्चात कम्पनीको चुक्तापूँजी ६ अर्ब पुग्नेछ ।

यो पनि पढ्नुहोस्;

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment