सुनको मूल्य बढ्यो

२१ बैशाख, काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार एक सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर १३२५ पुगेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment