निषेधाज्ञा थप कडा पारिने; प्रधानमन्त्री केपी शर्मा ‌ओली

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका विभिन्न जिल्लामा जारी निषेधाज्ञा थप कडा पारिने बताएका छन् । मुलुकमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै निषेधाज्ञा थप कडा पार्ने बताए ।

सोमबार जनताका नाममा सम्बोधन गर्दै ओलीले कोरोना संक्रमितको उपचारका लागि पनि विभिन्न अस्पताललाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने समेत जानकारी दिए ।

उनले सकेसम्म घरमै बस्न, बाहिर निस्कनै परे मास्क लगाउन र समय समयमा सेनिटाइरले हात सफा गर्न समेत आग्रह गरेका छन् ।

उनले भोजभतेर गर्नै परे घरभित्रै गर्नका लागि समेत आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस



मल्टिमिडिया ग्यालरी

digital khabarPM
Comments (0)
Add Comment