नेप्से दोहोरो अंकले घट्यो

२० बैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । हिजो आइतबार नेप्से ५४ अंकले बढेर दुई हजार छ सय ६५ दशमलब ११ विन्दुमा पुगेको थियो ।

आज नेप्से १२.३६ अंकले घटेर दुई हजार छ सय ५२ दशमलब ७५ विन्दुमा थामिएकोे छ भने ७ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका समूहमध्ये दुई वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । त्यस्तै, आज सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी हाइड्रो इनर्जी कम्पनी, ङादी ग्रप पावर लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, रु रु जलविद्युत परियोजना र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेका छन् ।

यो पनि पढ्नुहोस्;



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment