नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

२० बैशाख, काठमाडौं ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ।

ज्वरो र जिउ दुखाई बढेपछि आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गराएकोमा आज बिहान रिपोर्ट आएको उनले बताएका छन्।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो-पोजेटिभ,’ शर्माले भनेका छन्।

उनले आफूलाई सकंक्रमण भएको कुरा समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ lसबैलाई विनम्र आग्रह छ – सजग बनौं ! उनले अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment