सुनको मूल्यमा ४ सय रुपैयाँले बृद्धी

२० बैशाख, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम रहेको छ । आज सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढ्यो ।

आइतबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सयले बढेर ९० हजार ४ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि ४ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabarGoldgold price today
Comments (0)
Add Comment