आन्तरिकसँगै भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने मन्त्रिपरिषदको निर्णय

२० बैशाख, काठमाडौं । सरकारले आन्तरिक हवाइ उडान र केही अन्तर्राष्ट्यि उडान रोक्ने निर्णय गरेको छ । आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उ

नकाअनुसार बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर आन्तरिक उडानसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे पनि जानकारी गराएका थिए । ती मन्त्रीका अनुसार बजेट अधिवेशन भने बोलाईएको होईन् ।

उनले भनेका छन्–‘बजेट अधिवेशन भनेर बोलाईएको होईन, प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने भन्नुभएको छ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment