निषेधाज्ञामा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने

१९ बैशाख, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव र उद्यमी व्यावसायीका छाता संगठनहरूको बैठकले अत्यावश्यक उपभोग्य र औषधिमूलक वस्तुको आपूर्ति सहजीकरणको निर्णय गरेको हो ।

निषेधाज्ञा जारी गरिएका जिल्ला थपिँदै गएकाले यस्ता वस्तु तथा सेवाको उत्पादन र आपूर्ति सहज बनाउन मन्त्रालयले पहल अघि बढाएको छ । महामारी नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित दुई दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइसकेको छ ।

निषेधाज्ञामा अत्यावश्यक सेवा र वस्तुको आपूर्तिमा हुन सक्ने अवरोधलाई तत्काल सम्बोधन गर्न संयन्त्र गठन गरिएको मन्त्रालयले बताएको छ । कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेका सहयोगी औषधि, अक्सिजन, अक्सिजन सिलिण्डर र मास्क सुपथ मूल्यमा उपलब्ध गराउन प्रभावकारी कदम चाल्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा नायरायणप्रसाद रेग्मीले बताएका छन् ।

अत्यावश्यक वस्तु तथा सेवा र उपचार सामग्रीको अभाव हुन नदिन पर्याप्त आपूर्ति व्यवस्थाका लागि उद्योगी व्यवसायीहरूका छाता संगठनले समन्वय गर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञाको समयमा उद्यमी व्यवसायीले भोग्ने गरेका समस्याबारे ‘र्‍यापिड रेस्पोस टीम’लाई जानकारी गराइने भएको छ ।

मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहजीकरणका लागि सरोकारका मन्त्रालायका अधिकारीहरूको सहभागितामा पाँचसदस्यीय यस्तो संयन्त्र बनाएको छ । निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु र सेवा सहज रूपमा उपलब्ध गराउन ढुवानी सञ्चालनलाई व्यवस्थित गरिएको मन्त्रालयले बताएको छ ।

अत्यावश्यक वस्तु उत्पादक उद्योग निर्बाध रूपमा सञ्चालन र ढुवानीका लागि सहजीकरण गरिएको छ । यस्ता उद्योग प्रतिष्ठान र व्यवसायीले उपलब्ध गराएको सिफारिशका आधारमा परिचयपत्र देखाएर ढुवानीका साधन सञ्चालनको व्यवस्था मिलाइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment