पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएन, प्लाज्मा थेरापीबाट उपचार थालियो

१७ बैशाख, काठमाडौं । कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

अस्पताल श्रोतका अनुसार उनलाई बिहीबार साँझदेखि नै प्लाज्मा थेरापीबाट उपचार थालिएको हो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको छ भने अक्सिजनको समेत कमी देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझदेखि उनलाई आइसियूमा सारिएको थियो ।

उनलाई अझै पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको जनाईएको छ ।

यसैगरी, पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment