नेप्सेमा आज १० लाख शेयर सूचिकृत

१६ बैशाख,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज १० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।

आज समता माइक्रोफाइनान्स र गुडविल फाइनान्सको गरि कुल १० लाख ५४ हजार २ सय ३३ दशमलव ६ कित्ता शेयर सुचिकृत भएको छ ।

आज समता माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ८.४ प्रतिशतले हुन आउने ६ लाख ७२ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment