अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह

१६ बैशाख, एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो भारत छाड्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि आफ्ना नागरिकलाई अमेरिकाले यस्तो आग्रह गरेको हो ।

अमेरिकाले चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आग्रह गरेको हो । चौथो तहको ट्राभल एडभाइजरीलाई निकै गम्भीर प्रकृतिको मानिन्छ ।

भारतमा विगत केही केही साता यता कोरोना संक्रमण तीव्र हिसाबले बढी रहेको छ । पछिल्लो चौबीस घन्टामा मात्र ३ लाख ७९ हजार २ सय ५७ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment