विवाह–व्रतबन्धमा दुई वटा सवारी साधन प्रयोग गर्न काठमाडौंमा अनुमति पास नचाहिने

१५ बैशाख, काठमाडौं । विवाह तथा व्रतबन्धमा दुई वटा सवारी साधन प्रयोग गर्न काठमाडौंमा अनुमति पास नचाहिने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको आदेशमा बुँदा थप गर्दै यस्तो व्यवस्था गरेका हुन्।

‘तर, विवाह तथा व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी अनुमति पास लिनुपर्ने छ,’ आदेशमा भनिएको छ।

यसअघि हिजो (सोमबार) सिडिओ पराजुलीले काठमाडौंमा कोरोना रोकथाम र नियन्त्रणका लागि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म विभिन्न आदेश जारी गरेका थिए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment