टेस्लाको तीन महिनाको कमाइ १ अर्ब डलर

१४ बैशाख, काठमाडौं । टेस्लाले पहिलो त्रैमासमा १ अर्ब डलरको मुनाफा कमाएको छ । मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलरको व्यापार गरेको छ । उक्त व्यापारबाट १ अर्ब डलर कमाइ भएको र यो अघिल्ले वर्षको यसै अवधिको भन्दा ७५ प्रतिशतले बढी भएको कम्पनीले जनाएको छ ।

बिटक्वाइनको मूल्य ह्वात्तै बढ्नु र टेस्लाको साैर्य छाना, साैर्य ब्याट्रीहरुको अत्याधिक बिक्री भएकाले कम्पनीले यो नाफा कमाउन सफल भएको बुझिएको छ।

टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गरेकोमा यसको बिक्रिबाट १० करोड १० लाख डलर नाफा कमाएको छ ।

यो कमाइ अघिल्लो वर्षको अन्तिम त्रैमासको भन्दा केही कम हो । यसो हुनुमा मोडेल एस र मोडेल एक्सको उत्पादन बन्द गर्नुलाई लिइएको छ।

कार्यक्रममा लगानीकर्ताहरुलाई सम्बोधन गर्दै टेस्लाका मुख्य कार्यकारी एलन मस्कले कम्प्युटर चिपको अभाव टेस्लाका लागि ठूलो समस्या बनेको उल्लेख गर्दै यस अवधिमा कम्पनीले आपूर्ति प्रणालीमा अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नुपरेको बताए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment