माओवादी केन्द्रले दिउँसो ३ बजे बोलायो स्थायी कमिटी बैठक, अध्यक्ष दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन

१४ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजेलाई बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल हुने भएको छ । त्यसबाहेक पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ ।

कांग्रेस, माओवादी र जसपाको एउटा समूह मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । नेताहरूका अनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि मात्रै माओवादीले समर्थन फिर्ता लिने भएको छ ।

तर, जसपाले औपचारिक रूपमा निर्णय नगर्दा अविश्वास प्रस्तावमा ढिलाइ भएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार अब जसपाले निर्णय गरे वा नगरे पनि एक–दुई दिनमा अविश्वास प्रस्ताव दर्ता गराउने तयारी भएको छ । कांग्रेस र माओवादीले भने ओली नेतृत्वको सरकार ढाल्ने औपचारिक निर्णय गरिसकेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment