भारतीय भेरियन्टको विषयमा हतारमा निष्कर्ष ननिकाल्न डब्ल्यूएचओको चेतावनी

१४ बैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाको भारतीय भेरियन्ट बढी खतरनाक रहेको निष्कर्षमा पुग्न हतार नगर्न चेतावनी दिएको छ । भारतमा कोरोना संक्रमण बढ्नुमा नयाँ भेरियन्ट कति जिम्मेवार छ भन्ने प्रष्ट नभएको भन्दै डब्ल्यूएचओले यसलाई ‘चिन्ताजनक’ भनेर वर्गीकरण नगरिएको प्रस्ट पारेको छ ।

संक्रमण फैलिनुमा धेरै तत्वले भूमिका खेलेको हुन सक्ने टाइम्स अफ इन्डियाले जनाएको छ । धेरै भिडभाड गरेर चाडपर्वलगायत कार्य आयोजना गरेकाले संक्रमण तीव्र रुपमा फैलिएको डब्ल्यूएचओकी प्रवक्ताले बताइन् ।

डब्ल्यूएचओले कोभिड–१९ को दक्षिण अफ्रिकी, ब्राजिलियन र बेलायती भेरियन्टलाई मात्र ‘चिन्ताजनक भेरियन्ट’को रुपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओका अनुसार छिट्टै फैलने, संक्रमित बढी सिकिस्त हुने र प्रतिरक्षा प्रणाली कमजोर बनाउने खालको भेरियन्टलाई चिन्ताजनक मानिन्छ ।

नयाँ भेरियन्ट भारतमा सन् २०२० डिसेम्बर १ मा भेटिएको थियो । भाारतमा महामारी फैलनुमा बेलायती भेरियन्ट समेत जिम्मेवार हुन सक्ने जनाइएकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment