आन्तरिक हवाई उडानको भाडा आकासियो

१३ बैशाख , काठमाडौं । स्थानीय प्रशासनले काठमाडौँ उपत्यका छाड्न चाहनेलाई दुई दिनको समय दिएसँगै आन्तरिक हवाई उडानको पनि भाडा आकासिएको छ ।

काठमाडौँ उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी छ। काठमाडौँदेखि भद्रपुर जान मंगलबारका लागि श्री एयरलाईन्सको ९ हजार, यति एयरलाइन्सको ८ हजार र सौर्य एयरलाइन्सको ६ हजार ८ सय ५० रुपैयाँ भाडा छ।

बुद्ध एयरमा मंगलबार बिहानका उडानमा ६ हजार ६ सय ५३ र दिउँसोका लागि ८  हजार ९ सय २१ रुपैयाँ भाडा रहेको छ। सामान्य अवस्थामा काठमाडौँबाट भद्रपुर जान ३ हजारदेखि ४ हजार रुपैयाँसम्म हवाई भाडा लाग्छ।

यसैगरी मंगलबारका लागि काठमाडौँबाट विराटनगर जान सौर्य एयरलाइन्सको भाडा ५ हजार ९ सय र यति एयरलाइन्सको भाडा ७ हजार १ सय ६५ रुपैयाँ छ। बुद्ध एयरको पनि ६ हजार ७ सय रुपैयाँ भाडा छ।

काठमाडौँबाट विराटनगर जान सामान्यतया: ३ हजार रुपैयाँसम्म हवाई भाडा लाग्छ। काठमाडौँबाट धनगढी जान मंगलबार बुद्ध एयरलाइन्सको करिब ११ हजार रुपैयाँ भाडा छ। सामान्य अवस्थामा काठमाडौँबाट धनगढी जान ४ देखि ५ हजार रुपैयाँसम्म हवाई भाडा लाग्छ।

अधिकांश एयरलाइन्समा सिट बुक भइसकेको बिक्रेताहरुले बताएका छन्।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment