२४ घन्टामा २८ संक्रमितको मृत्यु

१२ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप २८ जनाको मृत्यु भएको छ।

यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर २५२ जनाको आइसीयु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment