खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ


१२ बैशाख, मोरङ । पथरी शनिश्चरे नगरपालिका-८ मिलन चौक बस्ने २२ वर्षीय कृष्ण मगरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका-६ बस्ने २२ वर्षीय निरोज गोदी र सोही ठाउँ बस्ने १९ वर्षीय धिराज गोदी रहेका छन् । पुरानो रिसइविका कारण उनीहरुले कृष्णलाई राम जानकी मन्दिर छेउमा खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घाइते कृष्णको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment