भारतीय प्रधानमन्त्री मोदी द्वारा मुख्यमन्त्रीहरूसँग छलफल

११ बैशाख, एजेन्सी । रोनाभाइरसको महामारी दिनप्रति दिन तीव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका दिल्ली, महाराष्ट्रसहितका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

“कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु, ” मोदीले भने ।

उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उनले जोड दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment