पेस्तोल र गोली सहित पक्राउ

१० बैशाख, सर्लाही । ईश्वरपुर नगरपालिका-१२ कालिन्जोर चोकबाट मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन सहित चन्द्रनगर गाउँपालिका-२ बस्ने ३२ वर्षीय त्रिभुवन बैठालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिआर ३० जेड ६५४८ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक बैठालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतोको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस;

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment