माधव नेपालसँग वार्ता सफल हुन नसकेपछि वामदेव फकाउँदै ओली

१० बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओली र एमाले नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार साँझ ओली र गौतमबीच डिनर मिटिङ भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

ओली र गौतमको डिनरमा कानुन मन्त्री लीलानाथ श्रेष्ठ र प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए। एमालेमा गौतम अहिलेसम्म ओली र नेपाल खनाल पक्षमा खुलेका छैन । आजको भेटवार्ताबाट गौतम ओली समूहमा लागेको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिए ।

ओलीसँगको सम्बन्ध पदका कारणले बनेको नभइ जमानादेखिको अटुट रहिरहने गौतमको भनाइ रहेको भट्टराईले बताए । भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !’ नेता माधव नेपालसँग बुधबार र विहीबार भएको छलफल सफल हुन नसकेपछि ओलीले गौतमसँग भेट गरेका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment