मंगलबारको सेयर बजार सामान्य अंकले बढ्यो

०७ बैशाख, काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । लगातार दुई दिन घटेको नेप्से परिसूचक आज (बैशाख ७ गते) भने सामान्य २.६८ अंकले बढेको हो ।

बजारमा परिसूचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । सोमबार पौने ७ अर्बको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन २१६ कम्पनीको एक करोड २३ लाख ६९ हजार कित्ता सेयर खरिद बिक्री भएको हो । जसमध्ये नागरिक लगानी कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कोषको एकैदिन २१ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार ४ कम्पनीका लगानीकर्ताको भर्च्युअल सम्पत्ति १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त वित्तीय संस्था र यूनाईटेड मोदी हाइड्रो पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य क्रमशः ९.९६ प्रतिशत र ९.८५ प्रतिशतले बढेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment