अवैध कल बाइपासमा बङ्गलादेशी मूलका नेपाली र भारतीय

०६ बैशाख, काठमाडौँ । अवैध रूपमा कल बाइपास गराउन संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बङ्गलादेशी मूलका नेपाली र भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्युरोले भारत, पन्जाबका राना शाह र रौतहट,रमौलीका मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार काठमाण्डौंको चन्द्रागिरि नगरपालिका, वडा नं २, बसण्डोलमा रहेको श्याम कृष्ण श्रेष्ठको घरमा कोठा भाडामा लिएर शाहले उपकरणहरू राखेर कल बाइपास गराउँदै आएका थिए।

कोठा खानतलासी गर्दा प्रहरीले ६४ पोर्टको जिओआइपी गेटवे उपकरण,ल्यापटप, मोडियम लगायतका उपकरण फेला परेको छ। ब्युरोका अनुसार पहिला शाह पक्राउ परेका थिए। उनको बयानको आधारमा अवैध कल बाइपास गराउन बङ्गलादेशी मूलका नेपाली नागरिक स्यामुल मुख्य व्यक्ति रहेको खुलेपछि उनलाई वैशाख ३ गते पक्राउ गरिएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment