कर्णाली : ‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका तीन जनाले लिए शपथ

०५ बैशाख, काठमाडौं । कर्णाली प्रदेशमा नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ गराएका हुन् ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका नेकपा एमालेको माधव कुमार पक्षका तीन सांसद तीन शनिबार मन्त्रीमा नियुक्त भएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment