आजकाे माैसम जानकारी यस्ताे छ

०५ बैशाख, काठमाडाैँ । दिउँसो देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment