घुम्न जाऊँ घुम्न जाऊँ घुम्न धुलिखेल… ‘स्वप्निल खेती’ खोज्ने व्यक्तिः केदार थापा

०३ बैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ३३ किलोमिटरको दुरीमा अवस्थित छ यो जिपलाइन । धुलिखेलको थाक्लेडाँडाबाट टेकअफ गरेपछि खावा, पाँचखालमा ल्यान्डिङ गरिन्छ ।

१ हजार १ सय मिटर लामो जिपलाइन करिब १ मिनेट २० सेकेन्डमा पार गरिन्छ । जिपलाइनको मजा मात्र होइन, यहाँ पुगेपछि लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचु लगायतका हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ ।

इडियाका खानी केदार थापा

घुम्न जाऊँ घुम्न जाऊँ घुम्न धुलिखेल…
पर्यटकीय मार्ग धुलिखेलको बाटो हिँड्दा यही गीत नेपालीको मुखमा झुन्डिन्छ। पछिल्लो समय यो क्षेत्रमा नयाँ-नयाँ प्रविधिका रोमाञ्चक खेलहरूको थालनी हुँदा यो गीत झन् सान्दर्भिक बन्दै गएको छ।

यहाँ हालै सुरु गरिएको छ, जिपलाइन खेल। डोरीमा झुन्डिएर एउटा डाँडाबाट अर्को डाँडामा पुग्न सकिने एडभेन्चरस खेल हो, जिपलाइन।

केदार थापा एक ब्यापारी हुनुहुन्छ। उहाँ केही घण्टा समय बिताउने हो भने मन खुसि त हुन्छ-हुन्छ अर्काे इडियाका खानी लाग्छन् । नयाँ–नयाँ आइडिया अाेत-प्राेतका धनि थापा भीरमा पनि ‘स्वप्निल खेती’ खोज्ने व्यक्ति हुनु हुनुन्छ ।

सिन्धुपाल्चोकका थापा धुलिखेल जिपलाइन सुरु गरेपछि उद्यमीका रुपमा चिनिनु भयाे । हुन त यसअघि नै पोखरामा जिपलाइन सञ्चालनमा आइसकेको थियो । तर, धुलिखेलमा जब सुरु भयो, त्यो देशव्यापी चर्चाको विषय बन्यो । व्यापक प्रचार–प्रसारमा पाएपछि आम नागरिक देखि सेलिब्रिटीसम्मले जिपलाईनको मजा लिन्छन् ।

सेलिब्रिटी अनमाेल के. सी.

धुलिखेलमा जिपलाइन सञ्चालनमा आयो । वल्र्ड वाइड एड्भेन्चर प्रालिको मातहतमा यो सञ्चालित छ । केदार यो कम्पनीका अध्यक्ष हुनुहुन्छ भने काठमाडौंका युवा भुपेश श्रेष्ठ व्यापारिक साझेदार हुनुहुन्छ ।

हामीले केबलकार र तुइत त देखेकै छौं। भौगोलिक विकटता भएको र सडक मार्ग बनाउन सहज नभएका पहाडी इलाकामा यस्तो केबल यात्रालाई प्राथमिकता दिइन्छ। यसको माध्यमबाट यात्रा सहज हुन्छ।

देशबाट तुइन विस्थापन गर्ने प्रधानमन्त्रीको भाषणले मूर्त रूप लेला कि नलेला, त्यो त भन्न सकिन्न तर तुइनकै ‘एडभान्स भर्जन’ जिपलाइनमार्फत गरिने रोमाञ्चक खेलको भने अब नेपालमै मज्जा लिन पाइने भएको छ।

प्रोफेसरः लक्ष्मी प्रसाद ढकाल

जिपलाइन एक रोमाञ्चक खेल हो जुन इडभेन्चर मन पराउनेका लागि निकै रोचक खेल हुन सक्छ। यो खेलको मज्जा काठमाडौंबाट मात्र ३० किलोमिटरको दूरीमा रहेको धुलिखेलमा लिन सकिने छ। नेपालमा पहिलोपटक पोखराबाट साधारण जिप लाइन सुरु भएको थियो। तर, सुपरम्यान फ्लाईको सुरुआत पहिलोपटक धुलिखेलबाटै भएको छ। पाँचखालबाट अगाडि बढ्दा बाटोमै सुपर ‘जिपलाइन धुलिखेल थाक्ले’ लेखिएको बोर्ड देख्न सकिन्छ।

केदारको मनमा फुरेको जिपलाइन आइडिया

सिन्धुपाल्चोकको बार्‍हबिसेस्थित भोटेकोशी बन्जी र राफ्टिङका लागि चर्चित छ । द लास्ट रिसोर्टले सञ्चालन गरेको बन्जी र राफ्टिङको मजा लिन स्वदेशी तथा विदेशी पर्यटकहरु झुम्मिन्छन् ।

केदारका बुबा गोविन्द थापा कोर्डिनेटर भएर काम गर्नुहुन्थाे । विदेशीहरुसँग बाक्लै भेटघाट त्यही बेला भइरहन्थ्यो । आफूले पनि केही नयाँ काम गरौं भन्ने त केदारलाई त्यही बेला लागिसकेको थियो । तर, ठ्याक्कै कुन व्यवसायमा हात हाल्ने भन्ने दिमागमा आइसकेको थिएन ।

द लास्ट रिसोर्टका सञ्चालक विष्णु न्यौपानेको कामबाट पनि केदार प्रभावित छँदै थिए । यस्तैमा सन् २०१५ मा भूकम्पमा केही युवाले गरेको कामबाट उनी झन् प्रभावित बने ।

भूकम्पपछि केही नेपाली युवाले ‘इन्टरलक’ बनाए । सस्तो दरमा इन्टरलक बनाएको यो समाचार प्रसिद्ध अमेरिका पत्रिका फोब्र्सले प्राथमिकता साथ छाप्यो । त्यो पढेपछि त केदारलाई झनै आफूले ढिलो गर्नुहुन्न भन्ने लाग्यो । केही फरक काम गरेर आफ्नो पहिचान बनाउने उनको धोको पहिल्यैदेखि नै थियो । जतिसक्दो छिटो उनी आफ्नो नामलाई स्थापित गर्न चाहन्थे । त्यो बाटोमा जान भित्री मनदेखि लालायित बनिसकेका थिए ।

द लास्ट रिसोर्टका सञ्चालक विष्णु न्यौपानेको कामबाट पनि केदार प्रभावित छँदै थिए । यस्तैमा सन् २०१५ मा भूकम्पमा केही युवाले गरेको कामबाट उनी झन् प्रभावित बने ।

भूकम्पपछि केही नेपाली युवाले ‘इन्टरलक’ बनाए । सस्तो दरमा इन्टरलक बनाएको यो समाचार प्रसिद्ध अमेरिका पत्रिका फोब्र्सले प्राथमिकता साथ छाप्यो । त्यो पढेपछि त केदारलाई झनै आफूले ढिलो गर्नुहुन्न भन्ने लाग्यो । केही फरक काम गरेर आफ्नो पहिचान बनाउने उनको धोको पहिल्यैदेखि नै थियो । जतिसक्दो छिटो उनी आफ्नो नामलाई स्थापित गर्न चाहन्थे । त्यो बाटोमा जान भित्री मनदेखि लालायित बनिसकेका थिए ।

उनका अनुसार जिपलाइनबाट वार्षिक डेढ करोड रुपैयाँको कारोबार हुन्छ । जिपलाइन बाहेक धुलिखेलमा उनले आफ्नै रिसोर्ट पनि सञ्चालनमा ल्याएका छन् । जहाँ ३५ जना एकै पटक बस्न सक्छन् ।

विस्तार हुँदैछ जिपलाइन

धुलिखेलबाट सुरु भएको जिपलाईन देशका अन्य स्थानमा पनि विस्तार हुँदैछ । भक्तपुरको घ्याम्पे डाँडा र धनकुटाको भेडेटारमा केदारले आफ्नै कम्पनीको मातहतमा जिपलाइन सुरू गरिसकेका छन् । अब छिटै नै नगरकोटमा पनि सुरु गर्दैछन्, जुन २ हजार मिटर लामो हुनेछ ।

भेडेटारको जिपलाइनमा १० जना र घ्याम्पे डाँडामा ६ जनाले रोजगारी पाएका छन् । यसैको सिको गर्दै अन्य व्यवसायीले मकवानपुरको ऐतिहासिक स्थल मकवानपुर गढीमा पनि जिपलाइन सञ्चालनमा ल्याएका छन् ।

जिपलाइन एक रोमाञ्चक खेल हो जुन इडभेन्चर मन पराउनेका लागि निकै रोचक खेल हुन सक्छ। यो खेलको मज्जा काठमाडौंबाट मात्र ३० किलोमिटरको दूरीमा रहेको धुलिखेलमा लिन सकिने छ। नेपालमा पहिलोपटक पोखराबाट साधारण जिप लाइन सुरु भएको थियो। तर, सुपरम्यान फ्लाईको सुरुआत पहिलोपटक धुलिखेलबाटै भएको छ। पाँचखालबाट अगाडि बढ्दा बाटोमै सुपर ‘जिपलाइन धुलिखेल थाक्ले’ लेखिएको बोर्ड देख्न सकिन्छ।

जिपलाइनमा सबैभन्दा मज्जा सुपरम्यान फ्लाईमा हुन्छ। यसमा खेल्नेलाई सेफ्टीका लागि हेल्मेट लगाउन दिइन्छ। एउटा हातमा ग्लभ्स पनि लगाउनु पर्छ। साथै शरीरलाई हार्नेसले बाँधिन्छ र विशेष किसिमको ज्याकेट लगाइन्छ। यो खेलमा मान्छेलाई पुली (घिर्नी)को मद्दतले मोटो वायरमा तुइन वा केबलकारलाई जस्तै झुन्ड्याइन्छ। त्यसपछि तपाईं सुपरम्यानजस्तै ‘पोजिसन’मा आकाशमा उड्न पाउनुहुने छ। थाक्लेडाँडामाथि सुपरम्यान बनेर उड्दा चारैतिर वनजंगल, गाउँबस्ती, खेतबारीलाई चरालेझैं नियाल्न पाइने छ।

यसमा फ्लाइङको गति प्रतिघन्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुन्छ। बढीमा एक मिनेट २० सेकेन्डमा एउटा स्टेसनबाट अर्को स्टेसनमा रहेको ११ सय मिटरको दूरी पार गर्न सकिन्छ। यो खेललाई वल्र्ड वाइड एड्भेन्चर कम्पनीले सञ्चालनमा ल्याएको हो। धेरै अनुसन्धान र दर्ता प्रक्रिया पूरा गरी जिपलाइनलाई धुलिखेलमा सञ्चालनमा ल्याइएको यस संस्थाका अध्यक्ष केदार थापा बताउँछन्।

थाक्लेडाँडामा जिपलाइनको सुरुआती स्टेसन छ। यो पाँचखालको खावामा रहेको अर्को स्टेसनमा पुगेर अन्त्य हुन्छ। यो डाँडा समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा छ। पर्यटन वर्ष २०२० लाई लक्ष्य गरी दुई महिनाअघि मात्र यो खेल सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ।

सम्भवतः यही हप्ता यो खेल सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिने अध्यक्ष थापाले बताए। खावास्थित ल्यान्डिङ स्टेसनको करिब ७० रोपनी जग्गामध्ये हाल २० रोपनी जग्गा सञ्चालकले प्रयोगमा ल्याएका छन्।
‘यसमा नाइट स्टे क्याम्प, रिसोर्ट, चिल्ड्रेन पार्क आदि थप्ने योजना भएकाे थापाकाे भनाइछ।

यो खेल खेल्न चाहनेका लागि तीनवटा अप्सन छन्— सामान्य, जोडी (टेन्डम) र सुपरम्यान फ्लाई। जमिनतिर फर्किएर खेलिने सुपरम्यान फ्लाई गर्न कम्तीमा ५० किलो वजन हुनुपर्छ। वजन नपुगे यो खेलको मज्जा लिन सकिँदैन। यद्यपि हार्नेसमा झुन्डिएर वा टेन्डम गर्न भने मज्जाले सकिन्छ। यो खेलमा १६ वर्षभन्दा माथिका युवाले मात्र भाग लिन पाइने प्रावधान छ।

नौलो उद्यम, नयाँ सपना

केदारको मनमा नयाँ–नयाँ सोच फुरिरहन्छन् । नौलो खालका उद्यममा हात हालेर उनी अघि बढ्न चाहन्छन् । जिपलाइनपछि केही नौलो प्रयोग गर्ने तरखरमा छन् उनी ।

कति ठाउमा जमिन समेत भाडामा लिइसकेका छन् । स्काइ वाक (सिसाको पुल), सुपरम्यान जिपलाइन (सुतेर खेल्न मिल्ने), स्वीङ, क्यानोनिङ वाकलगायतका काम उनको लिस्टमा छन् । जुन नेपालमै नितान्त नौलो हुनेछन् । यस्तै, बन्जी, एड्भेन्चर पार्क पनि उनले स्थापना गर्न चाहेका छन् । नेपाल सरकारको पर्यटन विभागले उनलाई विज्ञ सदस्यका रुपमा नियुक्त गरेको छ । शाहसिक खेल सञ्चालन हुने ठाउमा गुणस्तरीय सामान परीक्षण गर्न र प्राविधिक कुरा जाँच्न बिभागले उनको सहयोग लिने गर्छ ।

बलियो आत्मविश्वास, उर्जाशील मन

उमेरले ३७ वर्ष मात्र पुग्नु भयाे केदार अनुभवले भने धेरै खारिनु भएकाे छ । यो छोटो समयमा उहाँले धेरै व्यवसायमा हात हात हालि सक्नु भयाे। । जिपलाइनमा उहाँ निकै सफल हुनुहुन्छ । अन्य व्यवसायमा व्यापारिक साझेदारका कारण धोका नभएकाे भने हाइन । हाइड्रो, सार्वजनिक बस, इम्पोर्ट, प्रिफ्याब घर, जियोलोजिकल सर्भेलगायतका व्यवसायमा हात हालेर पार्टनरकै कारण ठूलै रकम पनि डुब्याे । क्षणिक फाइदा उठाउने व्यापारिक साझेदारले गर्दा अन्य व्यवसायलाई उहाँकाे लामो समय टिक्न भने सकेन ।तर, केदारले कहिल्यै हरेस खानुभएन । यो कुराकानी भइरहँदा पनि उहाँमा बलियो आत्मविश्वास देखिन्थ्यो । हँसिलो मुहार, मनभरी उत्साह, उर्जाले भरिएका देखिन्थे हुनथ्याे। उहाँकाे काम र कुरक सुनेर हामी उहाँ प्रति निकै प्रभावित भयाै।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment