स्कुटर चोरी गरेको अभियोगमा पक्राउ


०२ बैशाख ,कास्की । पोखरा महानगरपालिका-१४ छिनडाँडास्थित खाजाघरबाट ग.९ प ४०२७ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा रुपा गाउँपालिका-४ स्यालडाँडा बस्ने २० वर्षीय सन्तोष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरबाट सोमबार राति स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-२७ डाँडाकोनाकस्थित बिजयपुरदेखि तालचोकतर्फ जाँदै गरेको उक्त स्कुटर सहित फेला पारी परियारलाई पक्राउ गरेको हो ।

उनी उपर चोरी तथा डाँका कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment