बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा हेरफेर, कसकाे कति ?

०२ बैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् । बैंकहरुले २०७८ वैशाख १ गतेदेखि लागू गर्न सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार केही बैंकको मात्रै चैत महिनाको तुलनामा कर्जाको ब्याजदर बढेको छ । भने, अधिकांशको यथावत् रहेको छ । बैंकको कर्जा र निक्षेपको ब्याजदरमा खासै ठूलो परिवर्तन भएको छैन । बैंकहरुले सार्वजनिक गरेको निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं :

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याजदर ३.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.२५% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । माघ मसान्तसम्मको अधारदर ८.४८% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५% देखि अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ । यता, यसको फागुन महिनामा आधार दर ६.९३% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनआइसी एसिया बैंक

वैशाख १ गतेबाट लागू हुने गरी एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ३.२५% ब्याजदर दिने जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ८.२५% सम्म ब्याज पाइनेछ । बैंकको फागुन मसान्तसम्मको आधार दर ६.६६% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गरिने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले १३% देखि १५% सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याजदर ३% तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ८% र न्यूनतम ३% निर्धारण गरेको छ । यता, बैंकको फागुन मसान्तसम्मको बेस रेट ७.३२% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकको भनाई छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५१% देखि अधिकतम ३.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५०% ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिनाको मुद्दतिको ब्याजदर ५.०१% निर्धारण गरेको छ । यता, बैंकको फागुन मसान्तसम्म बेस रेट ५.४९% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.७५% र अधिकतम ४.७५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको फागुन मसान्तसम्मको आधार दर ७.६८% रहेको छ । यसमा ५% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । घर कर्जाको लागि ११.४९% देखि १२.९९% स्थिर ब्याज दर निर्धारण गरेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% र न्यूनतम ५% निर्धारण गरेको छ । फागुन मसान्तसम्मको अधारदर ७.०९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको न्यूनतम ब्याजदर ४% र अधिकतक ब्याजदर ७% निर्धारण गरेको छ । बैंकको पुस मसान्तसम्मको अधारदर ६.८३% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २.५३% देखि अधिकतम ४.५३% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६.५०% देखि ७.२५% सम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको फागुन महिनामा आधार दर ७.३५% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७% निर्धारण गरेको छ । पुस मसान्तसम्म बैंकको आधारदर ७.५६% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.७५% र न्यूनतम ४.७५% तोकेको छ । फागुन मसान्तसम्म बैंकको आधार दर ६.२१% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

मेगा बैंक

मेगा बैंकले बचतको न्यूनतम १.७५% देखि अधिकतम ३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ६.७५% निर्धारण गरेको छ । फागुन मसान्तसम्म बैंकको आधार दर ६.६७% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ३.५०% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । फागुन मसान्तसम्मको बैंकको आधार दर ७.१२% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७% र एक वर्ष माथि ७.५% सम्म ब्याजदर दिन्छ । बैंकको फागुनसम्मको आधार दर ६.८०% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

प्रभु बैंक

प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ५.५०% र एक वर्ष माथि ७% सम्म ब्याजदर दिन्छ । बैंकको पुससम्मको आधार दर ७.२४% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर ३.५१% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५०% र न्यूनतम ७.७५% निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ६.७५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ७.५०% निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७.९४% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.३५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

(स्रोत : सूचना तथा विज्ञापनहरुकाे सहयाेगमा )



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment