२४ घण्टामा थप ६०३ जनामा कोरोना पुष्टि

०१ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर र एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा थप ६०३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ।

२४ घण्टामा पीसीआर विधिबाट चार हजार २८९ जनाको परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको हो भने ४५१ जनाको एन्टिजेन्ट परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा मात्र २५४ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा डिस्चार्ज १२९ जना डिस्चार्ज भएका छन्। अहिले आईसीयूमा ८० जनाको उपचार भइराखेको छ भने २५ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोना जित्नेको संख्या ७९ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment