कोरोना रोकथामका लागि भनेर तत्काल कुनै पनि क्षेत्र बन्द नहुने

३१ चैत, काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । यद्यपि, सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्ड भने जारी गर्ने भएको छ ।

यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको संक्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रीपरिषद्को बैठकले भने तत्काल कुनै पनि क्षेत्र बन्द गर्नु नै अन्तिम उपाय नभएको भन्दै नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment